How to get Free Payoneer Master Card in Nepal

Payoneer Master Card अनलाईन कारोबारका लागि २०० भन्दा धेरै देशमा प्रयोग गरिने सुलभ माध्यम हो । विश्वव्यापी रुपमा यसले आफ्ना प्रयोग कर्ताहरुलाई नि:शुल्क मास्टरकार्ड उपलब्ध गराउँछ । यति मात्र नभएर तपाईलाई America को Community Federal Savings Bank को एउटा खाता पनि उपलब्ध गराउँछ । नेपालमा यसको प्रयोग विशेषत: google adsense ,PayPal भेरिफाई गर्न र PayPal मा जम्मा भएको डलर नेपालकै ATM मेसिन बाट उति नै खेर सजिलै निकाल्न सकिन्छ । सिधै कार्डबाट कारोबार गर्न पनि सकिन्छ ।

के के चाहिन्छ कार्ड पाउनका लागि ?
Payoneer Mastercard पाउनलाई गाह्रो छैन तर यसका लागि तपाईको सहि विवरण चाहिन्छ । यदि तपाईको नागरिकता अँग्रेजीमा पनि छ भने त्यसको दुवै पट्टिको स्क्यान गर्नुहोस् वा राम्रोसगँ बुझिने गरी फोटो खिच्दा पनि हुन्छ । नागरिकता अंग्रेजीमा छैन भने लाईसेन्स वा पासपोर्ट प्रयोग गर्न सक्नुहुन्छ ।

मास्टरकार्डका लागि कसरी Apply गर्ने ?
1. सबैभन्दा पहिले यहाँ जानुहोस् यहाँ जानुहोस्
तपाईले यहाँबाट कार्ड अर्डर गर्नुभयो भने $२५ आफ्नो कार्डमा बोनस पाउनुहुनेछ । तर कम्तिमा $१०० को कारोवार गरेपछि मात्र ।
2. Sign Up मा क्लिक गर्नुहोस् ।

3. एउटा फर्म खुल्नेछ !


















यहाँ मैले भरेको जस्तै गरि आफ्नो विवरण भर्नुहोस्, तपाईंको आफ्नै।
आफ्नो सहि नाम र ईमेल आईडी लेख्नुहोस्।
First name मा तपाईंको नाम जस्तै Dipen
Last Name मा थर जस्तै Gurung
Emaile Address मा तपाईंको Email लाख्नुहोस जस्तै dipengurung@gmail.com
Re-enter Email Addresss मा पुन तपाईंको email नै लेख्नुहोस् जस्तै 
dipengurung@gmail.com
Date of birth मा click गरि तपाईंको जन्म मिति छान्नुहोस English Date मा जस्तै 07/16/1980
यदि English Date थाहा नभएमा यहाँ click गरि nepali Date लाई English मा Convert गर्नुहोस् अनि Next मा click गर्नुहोस् । एउटा फर्म खुल्नेछ !

4. आफ्नो पुरा ठेगाना दिनुहोस् । Payoneer ले सोहि ठेगानामा तपाईलाई मास्टरकार्ड पठाउँछ । त्यसैले ठेगाना गलत हुदाँ कार्ड हातमा नपर्न सक्छ ।


















यहाँ मैले भरेको जस्तै गरि आफ्नो विवरण भर्नुहोस्, तपाईंको आफ्नै।
अब पुन अघिको जस्तै गरि आवश्यक जानकारी भर्ने -
Country मा Nepal
Street address मा सडकको नाम अथवा तपाईंको गाबिस वा नगरपालिकको नाम वडा नम्बर टोल सबै
detail मा दिनुहोस् जस्तो Waling-8, Rambachchha
तल्लो box मा घर नम्बर यदि छैन भने NT अथवा Not Available लेख्नुहोस् अथवा खाली छोड्नुहोस्।
City मा Nepal लेख्नुहोस्
Postal / zip code मा पोस्ट नम्बर दिनुहोस् यदि तपाईंको छैन भने अरुकसैको तपाइको नजिकका साथिहरुको Postal Code दिनुहोस् त्यो पनि नभएको अवस्थामा तपाईंको नजिकको हुलाक अफिसको Postal Code दिनुहोस् जस्तै 33811 ( पछि यहि Code भएको हुलाक अफिसमा Payoneer ले Master Card Send गर्ने भएकोले नजिकको हुलाक 
फिसको Postal Code राख्नुहोला।

यदि तपाईलाई थाहा नभएमा यहाँ Click गर्नुहोस् र आफ्नो नजिकको हुलाक अफिसको पोस्ट नम्बर लेख्नुहोस्। अब Mobile मा टिक लगाएर Nepal को टेलीफोन Code छान्नुहोस्। नेपालको Code +977 हो, यो छानेपछी तपाइको मोबाईल नम्बर लेख्नुहोस् +977 9815000000 
 फेरि अघिको जस्तै Next मा click गर्नुहोस् [Note - Mobile Number, Card Active गर्दा समेत चाहिने भएकोले तपाईंको Mobile Number नै राखेर फर्म भर्नुहोस्।)

[Note: यदी तपाईं विदेश मा हुनुहुन्छ भने पनि तपाईंले मास्टरकार्ड आफुले चाहेको देश र ठेगानामा प्राप्त गर्न सक्नुहुन्छ । यसका लागी माथि भने जसरि नाम ठेगाना भरिसकेपछि (Mobile Number भन्दा तल पट्टि) "Click here and fill in this section ONLY if your shipping address is different from above or you want your card shipped to a PO Box" भन्ने अप्सन देख्नुहुनेछ । त्यसमा Tick लगाउनुहोस् र त्यहाँ आफु हाल रहेको ठाउंको पुरा ठेगाना दिनुहोस् । अरु बाकीँ एउटै हो।]

5. एउटा फर्म खुल्नेछ !
[आफ्नो पासवर्ड राख्नुहोस् र र सेक्युरिटि प्रश्न छान्नुहोस् । आफूले सम्झने उत्तर दिनुहोला ।]

















यहाँ मैले भरेको जस्तै गरि आफ्नो विवरण भर्नुहोस, तपाईंको आफ्नै।

User name मा तपाइको email देखाउछ त्यो email Payoneer User Name हो।
Enter password मा Payoneer को लागि Password लाउनुहोस् जुन अरुलाई थाहा नदिनुहोला, अरुले पैसा चोरि गरिदिन्छन्। Password राख्दा 7 अंक भन्दा बढी Number र Alphabet दुबै मिलाएर राख्नुहोस् जस्तै dipengurung1

अब Security Question छान्नुहोस् जस्तै In which city did you get married? र Security Answer दिहुहोस् जस्तै Waling (Security Question र Answer याद राख्नुहोस्, Card Active ,Password Change गर्नु पर्दा उक्त कुरा चाहिन्छ।

अब अघिको जस्तै Next मा Click गर्नुहोस्।

6. फेरि अर्को फर्म खुल्नेछ जसमा तिन वटा अप्सन दिईएको हुन्छ, जस्तै ID 
Type क्लिक गर्नुहोस् । Drivers License, Passport वा National ID मध्य कुनै एक छान्नुहोस् ;













यहाँ मैले भरेको जस्तै गरि आफ्नो विवरण भर्नुहोस्, तपाईंको आफ्नै।

ID Type क्लिक गरि सकेपछि मैले यहाँ मेरो Drivers License detail राखेको छु । Drivers License नम्बर राख्नुहोस् र Country of issue मा Nepal लेख्नुहोस्।

नोट: Government Photo ID Type मा National ID, Citizenship वा Passport मध्य कुनै एक छान्दा र National ID# त्यसको नं (जस्तै नागरिकता नं.) राख्नुहोस् । तर एउटा कुरा ध्यान राख्नुहोला, त्यहाँ "/" प्रयोग गर्न मिल्दैन, त्यसको सट्टा एउटा Space दिनुहोस् । जस्तै नागरिकता नं. 01015/1234 छ भने 01015 1234 लेख्नुहोस् । Country of issue मा Nepal लेख्नु होस्।  




7. सबै I AGREE बक्समा Tick लगाउनुहोस्।

8. अब Order मा क्लिक गरेर पूरा गर्नुहोस्। 

केहिबेरपछि तपाईले आफ्नो एप्लिकेशन Verification का लागि पठाईएको जानकारी पाउनुहुनेछ Congratulation ! भने पछि तपाईंलाई Payoneer ले तपाईंको Email मा mail गर्छ त्यसैले अब तपाईंको email खोलेर चेक गर्नुहोस्।










यसरी एउटा मेल आउंछ Confirmation Code दिन्छ अनि Log into Account भनेकोमा Click गर्नुहोस्।अब Payoneer ac तपाईंको खुल्छ, यदि Confirmation Code मागे मेलमा आएको जस्तै XXXXXXX Code लेखेर OK गर्नुहोस्। अब तपाईंले सुरुमा के बाट फर्म भर्नु भाको थियो त्यसैको Document Both Side को एक एक Scanning गरेर र एउटा पासपोर्ट साइजको Photo को समेत Scan गरि Payoneer लाई Send गर्नुहोस्, यति गरे पछि केही समय पछि वा केही दिन भित्र Payoneer ले भेरीफाई गर्नेछ।

Application Submit गरेपछि के गर्ने ?
हरेक दिन आफ्नो ईमेल आई डि चेक गरिराख्नुस् । Payoneer ले तपाईको विवरण भेरिफाई गर्नेछ र Document तपाई लाई यति मिति सम्म कार्ड आई पुग्छ भनेर जानकारी गराउँछ । साथ साथै आफूले रोजेको नागरिकता (वा पासर्पोट वा लाईसेन्स) को स्क्यान कपि अपलोड गर्न लगाउँछ ।

प्राय: तपाईले लगभग ३० देखि ४५ दिनभित्र आफूले दिएको ठेगानामा आफ्नो पायोनिअर मास्टर कार्ड पाई सक्नु हुनेछ।

Mastercard कसरी Activate गर्ने ?
www.payoneer.com मा गएर आफ्नो ईमेल र पासवर्ड राखेर Log In गर्नुहोस्। "To view your status and activate your card - Click Here!" भन्ने अप्सन देख्नुहुनेछ । त्यसमा क्लिक गर्नुहोस् । "Card Activation" मा क्लिक गर्नुहोस् । अब आफ्नो कार्ड नम्बर र चार अंकको पिन न राखेर Ok गर्नुहोस् ।




बधाई छ, तपाईको सम्पूर्ण काम पुरा भयो । अब तपाईले आफ्नो कार्डलाई प्रयोगमा ल्याउन सक्नुहुन्छ । यो कार्डको प्रयोग गरेर नेपालमा PayPal कसरी भेरिफाई गर्ने भन्ने बारेमा अर्को पोस्टमा लेख्नेछु, हेर्दै गर्नुहोला !

0 Response to "How to get Free Payoneer Master Card in Nepal"

Post a Comment